काठमाडौँ । संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे राष्ट्रपति रामचन्द्र पौडेलले ८ जना वरिष्ठ कानुनविद्सँग शीतलनिवासमा परामर्श गरेका छन्।
परामर्शमा पूर्वमहान्यायाधिवक्ता तथा संविधानविद्हरू महादेव यादव, शम्भु थापा, शेरबहादुर केसी, पूर्णमान शाक्य, टिकाराम भट्टराई, बिपिन अधिकारी, भीमार्जुन आचार्य र ललित बस्नेत सहभागी भएका थिए।
सरकारले पठाएका अध्यादेशहरूको संवैधानिक पक्षबारे राष्ट्रपति कार्यालयमा छलफल जारी रहेको छ।


