काठमाडौँ । सहकारीसम्बन्धी अध्यादेश जारी गरेपछि राष्ट्रपति रामचन्द्र पौडेल अन्य अध्यादेशबारे छलफल गर्न कानुनविद्सँग परामर्शमा बसेका छन्।
शीतल निवासमा जारी छलफलमा सरकारले पठाएका विभिन्न अध्यादेशहरूको संवैधानिक पक्षबारे विचार-विमर्श भइरहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
सरकारले केही दिनअघि सहकारीसहित संवैधानिक परिषद्, स्वास्थ्य विज्ञान प्रतिष्ठान र विश्वविद्यालयसम्बन्धी अध्यादेश सिफारिस गरेको थियो।


