Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > अध्यादेशपछि राजनीतिक नियुक्तिमा हलचल

अध्यादेशपछि राजनीतिक नियुक्तिमा हलचल

काठमाडौँ । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ति खारेज गर्ने तयारी अघि बढाएपछि विभिन्न निकायका पदाधिकारीहरू राजीनामा दिन थालेका छन्।

यसै क्रममा बिहीबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति दीपक अर्यालसहित तीन उच्च पदाधिकारीले राजीनामा दिएका छन्। उनीहरूले नयाँ सरकारलाई काम गर्न सहज बनाउन राजीनामा दिएको बताएका छन्।

सरकारले सयभन्दा बढी निकायका करिब १२ सय राजनीतिक नियुक्ति खारेज गर्ने तयारी गरेको छ। यससँगै अन्य सरकारी निकायका प्रमुखहरूले पनि राजीनामाको तयारी गरिरहेका बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *