काठमाडौं । बुद्ध जयन्ती आज देशभर श्रद्धा र भक्ति साथ मनाइँदैछ। सिद्धार्थ गौतमको २५७०औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी, स्वयम्भू र बौद्ध क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएका छन्।
वैशाख शुक्ल पूर्णिमाकै दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण परेको मानिँदै यस दिनलाई विशेष महत्व दिइन्छ। शान्ति, अहिंसा र मैत्रीको सन्देश फैलाउने उद्देश्यले देश तथा विदेशका बौद्ध धर्मावलम्बीले विविध पूजा–आराधना गर्दै पर्व मनाइरहेका छन्।


