काठमाडौं: सरकारले अतिक्रमित जग्गा खाली गराउने अभियानलाई तीव्र बनाउँदै जाँदा बल्खु क्षेत्रका सुकुम्वासी बासिन्दा डोजर चल्नुअघि नै घरटहरा खाली गर्न थालेका छन्।
जिल्ला प्रशासन कार्यालयले दिएको अल्टिमेटमपछि स्थानीयले सामान सार्ने क्रम तीव्र पारेका हुन्। आजदेखि बल्खुसहित टेकु, शंखमूल, कुलेश्वर, कपन, गोंगबु लगायतका क्षेत्रमा डोजर चलाउने तयारी गरिएको छ।
यसअघि पहिलो चरणमा सिनामंगल, शान्तिनगर र थापाथली क्षेत्रका बस्ती हटाइसकिएको छ।


