काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानअन्तर्गत ५ लाख ३८ हजार ६२२ सदस्यको सदस्यता नवीकरण भएको जनाएको छ।
पार्टीका अनुसार थप १ लाख ४९ हजारभन्दा बढी सदस्यको विवरण अद्यावधिक प्रक्रियामा रहेको छ। देशका दुर्गम क्षेत्र र विदेशस्थित जनसम्पर्क समितिहरूमा सदस्यता अद्यावधिक कार्य अझै जारी रहने कांग्रेसले जनाएको छ।


