Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > ज्ञानबाटै सुरु हुन्छ साँचो क्रान्ति : प्रधानमन्त्री वालेन्द्र शाह

ज्ञानबाटै सुरु हुन्छ साँचो क्रान्ति : प्रधानमन्त्री वालेन्द्र शाह

काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाहले बुद्ध जयन्तीको अवसरमा ज्ञान र उज्यालोको मार्ग पछ्याउन आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले मानव जीवनको लक्ष्य दुःख निवारण र समाधानतर्फ केन्द्रित हुनुपर्ने बताए।

उनका अनुसार साँचो परिवर्तन हिंसा वा नाराबाट होइन, ज्ञानबाट सुरु हुन्छ। बुद्धको शिक्षालाई स्मरण गर्दै उनले शान्ति, अहिंसा र समस्याको समाधानमुखी यात्रामा लाग्न सबैलाई आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *