डोलप्रसाद अर्याल ले नेपाललाई सस्तो पर्यटन गन्तव्य नभई उच्च मूल्यको आरोग्य (वेलनेस) पर्यटन केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ का अवसरमा आयोजित कार्यक्रममा उनले नेपालका हिमाल, योग, ध्यान, आयुर्वेद र प्राकृतिक सम्पदालाई विश्वस्तरीय आकर्षणका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
उनका अनुसार आरोग्य पर्यटनले बढी खर्च गर्ने र लामो समय बस्ने पर्यटक आकर्षित गर्ने भएकाले यसले देशको अर्थतन्त्रमा उच्च योगदान दिन सक्छ। साथै, प्रकृति र संस्कृतिसँग जोडिएको नेपाललाई दिगो पर्यटन मोडेलमा लैजानुपर्ने उनको भनाइ छ।


