काठमाडौं — अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले श्रमिकको सुरक्षा, सम्मान र विश्वव्यापी अधिकार सुनिश्चित गर्नुपर्ने बताएका छन्।
उनले मानव गरिमा रक्षा गर्दै रोजगारदाता र श्रमिकबीच संवाद, सहकार्य र सहअस्तित्व आवश्यक रहेको उल्लेख गरे। उद्योग, रोजगारी र न्यायोचित लाभ वितरणमार्फत समृद्ध समाज निर्माण सम्भव हुने उनको भनाइ छ।


