Friday, June 05, 2026
Home > खेलकुद समाचार > यूएईविरुद्ध विनोद भण्डारीको अर्धशतक, नेपालको सन्तुलित सुरुवात

यूएईविरुद्ध विनोद भण्डारीको अर्धशतक, नेपालको सन्तुलित सुरुवात

काठमाडौं — आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत यूएईविरुद्धको खेलमा नेपाली ओपनर विनोद भण्डारीले अर्धशतक पूरा गरेका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा उनले ७२ बलमा ५० रन बनाउँदै ६ चौका प्रहार गरे।

नेपालले २५.४ ओभरमा २ विकेट गुमाएर १२२ रन बनाएको छ। उपकप्तान दीपेन्द्र सिंह ऐरी क्रिजमा साथ दिइरहेका छन्।

तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका विनोदलाई यस श्रृंखलामा प्लेइङ–११ मा समावेश गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *