Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ, सर्वोच्चमा अर्को मुद्दा विचाराधीन

रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ, सर्वोच्चमा अर्को मुद्दा विचाराधीन

जिल्ला अदालत सर्लाहीले रामबहादुर बमजनलाई सम्पत्ति शुद्धीकरण मुद्दामा सफाइ दिएको छ। न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले सरकारी वकिलको दाबी प्रमाणित नभएको ठहर गर्दै उनलाई निर्दोष ठहर गरेको हो।

बमजनविरुद्ध ८ करोड ५९ लाख रुपैयाँ बिगो दाबी गरिएको थियो। उनी यसअघि पूर्पक्षका लागि थुनामा रहेका थिए।

तर उनीविरुद्धको बाल यौन दुरुपयोगसम्बन्धी अर्को मुद्दा भने सर्वोच्च अदालतमा विचाराधीन रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *