Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इजरायली सेनाको उर्दी: दक्षिणी लेबननका सहर र गाउँ तुरुन्त खाली गर्नू

इजरायली सेनाको उर्दी: दक्षिणी लेबननका सहर र गाउँ तुरुन्त खाली गर्नू

इजरायली सेनाले आइतबार दक्षिणी लेबननका सहर र गाउँका बासिन्दालाई तुरुन्त घर खाली गर्न र कम्तीमा १००० मिटर टाढा खुला क्षेत्रमा सर्न उर्दी जारी गरेको छ। सेनाले दक्षिणी लेबननका ११ सहर र गाउँमा आक्रमण गर्ने योजना बनाएको जनाएको छ। यो हमला हेजबुल्लाहविरुद्ध गर्ने दाबी गरिएको छ, जसले युद्धविराम उल्लंघन गरेको इजरायलको आरोप छ। इजरायली सेनाले बारम्बार हवाई आक्रमण गर्दै हेजबुल्लाहका संरचनाहरू ध्वस्त पारेको बताएको छ। उत्तर इजरायलमा हेजबुल्लाहले ड्रोन र मिसाइल आक्रमण गर्दै प्रतिकार गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *