काठमाडौँ — साताको पहिलो कारोबार दिन नेप्से परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ मा पुगेको छ। आज कुल ३४६ कम्पनीका १ करोड ९ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
आज ९८ कम्पनीको मूल्य बढ्दा १६१ कम्पनीको घटेको छ भने १० कम्पनी स्थिर रहे। सबैभन्दा धेरै नाफा श्रीनगर एग्रिटेकका लगानीकर्ताले कमाए भने कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले सबैभन्दा बढी गुमाए।
कारोबार रकममा रिलायन्स स्पिनिङ मिल्स अग्रस्थानमा रह्यो। समग्र बजारमा १३ मध्ये २ उपसमूह मात्र सकारात्मक देखिए, बाँकी सबै घटे। बजारको कुल पूँजीकरण ४६ खर्ब ७१ अर्ब रुपैयाँ कायम भएको छ।


