काठमाडौं । एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको हालै गरिएको पत्थरी शल्यक्रियापछि घाउमा संक्रमण (इन्फेक्सन) देखिएपछि भेटघाट सीमित गरिएको छ।
भक्तपुरको गुण्डुस्थित घरमा आराम गरिरहेका ओलीलाई चिकित्सकको सल्लाहअनुसार अझै १० देखि १५ दिन पूर्ण सावधानी अपनाउनुपर्ने भएको छ। संक्रमण बढ्न नदिन भिडभाड र भेटघाट नियन्त्रण गरिएको हो।
स्वकीय सचिवका अनुसार घाउ बिग्रिएपछि केही दिन अस्पताल लैजानुपर्ने अवस्था आएको थियो, तर अहिले घरमै उपचार र नियमित ड्रेसिङ भइरहेको छ। रगत परीक्षणको रिपोर्ट अनुसार स्वास्थ्यमा सुधार देखिएको छ।


