काठमाडौं — सहरी विकास मन्त्रालयले बागमती र सहायक नदी किनारका जोखिमयुक्त बस्ती स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई तत्काल सम्पर्कमा आउन आग्रह गरेको छ।
मन्त्रालयका अनुसार सहायता आवश्यक भएका तथा हाल सडकमा रहेका नागरिकले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा रहेको दर्ता केन्द्रमा पुगेर नाम दर्ता गर्नुपर्नेछ। दर्ता भएका नागरिकलाई ‘होल्डिङ सेन्टर’मार्फत आवास, भोजन, स्वास्थ्य सेवा, शिक्षा र मनोवैज्ञानिक परामर्शजस्ता आधारभूत सुविधा उपलब्ध गराइनेछ।
सरकारले वास्तविक भूमिहीन र आर्थिक रूपमा कमजोर नागरिकको सुरक्षित र दीर्घकालीन पुनःस्थापनामा प्रतिबद्धता जनाएको छ।


