Friday, June 05, 2026
Home > विराटनगर समाचार > विराटनगरमा स्रोत नखुलेको करिब २७ लाख नगदसहित दुई जना पक्राउ

विराटनगरमा स्रोत नखुलेको करिब २७ लाख नगदसहित दुई जना पक्राउ

विराटनगरमा स्रोत नखुलेको करिब २७ लाख नगदसहित दुई जना पक्राउ परेका छन्।

विराटनगर विमानस्थल मा यात्रु चेकजाँचका क्रममा शनिबार बेलुका बुद्ध एयरको उडानबाट काठमाडौं जान लागेका ३५ वर्षीय दिलीप तामाङको साथबाट ११ लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

त्यसैगरी, दिउँसो श्री एयरलाइन्स को उडानमार्फत यात्रा गर्न लागेका भारत माल्दा निवासी ३४ वर्षीय मोहम्मद अतिलको साथबाट १५ लाख ९८ हजार रुपैयाँ बरामद गरिएको छ।

कुल २६ लाख ९८ हजार रुपैयाँसहित दुवैलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मोरङ ले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *