दिल्लीको विवेक विहार क्षेत्रमा आइतबार बिहान एअर कन्डिसनर (एसी) विस्फोट भएपछि भीषण आगलागी हुँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ। मृतकमध्ये एक बालक र चार महिला छन् भने करिब २० जना घाइते भएका छन्।
प्रहरीका अनुसार सुतिरहेका बेला एसी विस्फोट भएपछि लागेको आगो केही मिनेटमै पूरै भवनमा फैलिएको थियो। आगो नियन्त्रणका लागि १४ वटा दमकल टोली परिचालन गरिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।


