Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > भारतका पाँच राज्यको मतगणना सुरु, प्रारम्भिक रुझानमा बीजेपी अगाडि

भारतका पाँच राज्यको मतगणना सुरु, प्रारम्भिक रुझानमा बीजेपी अगाडि

काठमाडौं । भारतका चार राज्य र एक केन्द्रशासित प्रदेशमा सम्पन्न विधानसभा चुनावको मतगणना सुरु भएको छ। प्रारम्भिक नतिजामा पश्चिम बंगाल र असाममा भारतीय जनता पार्टी (बीजेपी) अगाडि देखिएको छ।

पश्चिम बंगालमा २९४ सिटमध्ये बीजेपी बहुमत नजिक पुगेको र सत्तारूढ तृणमूल कांग्रेस (टीएमसी) पछि परेको रुझान आएको छ। यदि यही अवस्था कायम रहेमा बीजेपीले पहिलोपटक त्यहाँ सरकार बनाउने सम्भावना देखिन्छ।

असाममा पनि बीजेपी गठबन्धन कांग्रेसभन्दा ठूलो अग्रतामा रहेको छ। केरलमा भने विपक्षी कांग्रेस नेतृत्वको यूडीएफ अगाडि देखिएको छ भने सत्तारूढ एलडीएफ पछि परेको छ।

तमिलनाडुको प्रारम्भिक नतिजा रोचक बनेको छ, जहाँ अभिनेता थलपति विजयको पार्टी टीभीकेले अप्रत्याशित अग्रता लिइरहेको छ। डीएमके र एआईएडीएमके पनि प्रतिस्पर्धामा रहेका छन्।

मतगणना जारी रहेकाले अन्तिम परिणामपछि मात्रै सत्ता समीकरण स्पष्ट हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *