Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > लिपुलेक विवादमा सरकारको अडान सही : बास्कोटा, बालेनको भारत भ्रमणप्रति चासो

लिपुलेक विवादमा सरकारको अडान सही : बास्कोटा, बालेनको भारत भ्रमणप्रति चासो

काठमाडौं — नेकपा एमाले नेता गोकुल बास्कोटाले लिपुलेक सीमा विवादमा सरकारले लिएको अडानलाई सही भन्दै समर्थन गरेका छन्।

उनले सामाजिक सञ्जालमार्फत कूटनीतिमा शब्दभन्दा परिणाम महत्वपूर्ण हुने बताउँदै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को आसन्न भारत भ्रमणलाई विशेष रूपमा हेरिरहेको उल्लेख गरेका छन्।

बास्कोटाले भारत र चीनका पुरानै अडान दोहोरिन सक्ने भन्दै नेपालको पक्षमा ठोस कूटनीतिक परिणाम आउनुपर्नेमा जोड दिएका छन्।

लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई लिएर नेपाल–भारतबीच लामो समयदेखि विवाद रहँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *