Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > रास्वपाले उम्मेदवार छनोटमा ‘कुलिङ पिरियड’ लागू गर्ने निर्णय

रास्वपाले उम्मेदवार छनोटमा ‘कुलिङ पिरियड’ लागू गर्ने निर्णय

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय तह निर्वाचनका लागि उम्मेदवार बन्न चाहनेहरूका लागि ‘कुलिङ पिरियड’ अनिवार्य गर्ने निर्णय गरेको छ।

सचिवालय बैठकले अनुमोदन गरेको नयाँ रूपरेखाअनुसार, पार्टीको पहिलो सदस्य बनेका व्यक्तिले कम्तीमा ४५ दिन सदस्यता पूरा गरेको हुनुपर्नेछ। अन्य दलबाट प्रवेश गर्नेहरूका लागि भने ९० दिनको कुलिङ पिरियड तोकिएको छ।

विशेष अवस्थामा भने ‘ल्याटरल इन्ट्री’ को व्यवस्था गरिएको छ, जसअनुसार स्वच्छ छवि भएका, विज्ञ वा आवश्यक क्षमता भएका व्यक्तिहरूले अवधि पूरा नगरे पनि आवेदन दिन सक्नेछन्। तर यसका लागि सम्बन्धित तह अनुसार पार्टीका विभिन्न समितिबाट लिखित स्वीकृति अनिवार्य हुनेछ।

वडा तहदेखि महानगर प्रमुखसम्मका उम्मेदवारका लागि फरक–फरक स्तरमा समितिको अनुमोदन आवश्यक हुने व्यवस्था समेत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *