Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > भृकुटी कागज कारखाना श्रमिकको बक्यौता माग, आन्दोलनको चेतावनी

भृकुटी कागज कारखाना श्रमिकको बक्यौता माग, आन्दोलनको चेतावनी

काठमाडौं । १६ वर्षदेखि बन्द रहेको भृकुटी कागज कारखानाका ३३३ श्रमिकले करिब ४० करोड रुपैयाँ बक्यौता पारिश्रमिक तत्काल भुक्तानी गर्न माग गरेका छन्। उनीहरूले प्रधानमन्त्री बालेन शाहलाई ज्ञापनपत्र बुझाउँदै माग सम्बोधन गर्न ५ दिनको अल्टिमेटम दिएका छन्।

गैँडाकोटमा रहेको उद्योग २०६७ सालदेखि बन्द छ। श्रमिकहरूले लामो समयदेखि पारिश्रमिक नपाउँदा केहीको मृत्यु समेत भइसकेको उल्लेख गर्दै पीडा व्यक्त गरेका छन्।

उनीहरूले कारखानाको ६० बिगा जग्गा कृषि, उद्योग वा व्यवस्थित बजारका रूपमा प्रयोग गर्न समेत माग गरेका छन्। माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *