काठमाडौँमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी बस्ती हटाउने सरकारी कदमको विरोध गरेका छन्। थापाथलीमा हटाइएको बस्ती पुगेर उनले गरिब तथा भूमिहीन नागरिकलाई जबरजस्ती विस्थापित गर्नु गलत भएको बताए।
उनका अनुसार सुकुम्बासी पनि नेपाली नागरिक भएकाले उनीहरूको गास, बास र कपासको व्यवस्था राज्यले गर्नुपर्ने दायित्व हो। उनले “गरिबलाई सडकमा बस्न बाध्य बनाउनु हुँदैन” भन्दै उचित आवास व्यवस्थापनको माग गरे।


