Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > ममता बनर्जीको आरोप: निर्वाचन आयोग र केन्द्रीय बल मिलेर धाँधली गर्दैछन्

ममता बनर्जीको आरोप: निर्वाचन आयोग र केन्द्रीय बल मिलेर धाँधली गर्दैछन्

पश्चिम बंगाल विधानसभा निर्वाचनको मतगणनामा भारतीय जनता पार्टी (भाजपा) अग्रता लिँदै गर्दा मुख्यमन्त्री ममता बनर्जीले निर्वाचन आयोग र केन्द्रीय सुरक्षा बलमाथि धाँधलीको गम्भीर आरोप लगाएकी छन्। उनले भनेकी छन् कि भाजपा १९२ सिटमा अग्रता लिँदैछ भने तृणमूल कांग्रेस (टीएमसी) ९६ सिटमा खुम्चिएको छ।

सामाजिक सञ्जालमा जारी गरेको भिडियो सन्देशमा बनर्जीले निर्वाचन आयोगको नतिजामा जानाजानी भेदभाव गरिएको र टीएमसीको अग्रतालाई लुकाइएको आरोप लगाइन्। उनले पार्टीका एजेन्टहरूलाई गणना केन्द्रबाट बाहिर नजान आग्रह गर्दै केन्द्रीय बलसँग मिलेर खेल भइरहेको बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *