Friday, June 05, 2026
Home > आर्थिक समाचार > नेप्से ३४.६३ अंकले घट्यो, कारोबार ४.२६ अर्ब

नेप्से ३४.६३ अंकले घट्यो, कारोबार ४.२६ अर्ब

काठमाडौँ — सेयर बजार परिसूचक नेप्से आज ३४.६३ अंक (१.२६%) ले घटेर २७०४.०८ विन्दुमा झरेको छ।

कुल २७ कम्पनीको सेयर मूल्य बढ्दा २४० कम्पनीको घट्यो भने २ कम्पनी स्थिर रहे। कारोबारमा अधिकांश उपसमूह घटे, लघुवित्त मात्र सामान्य ०.१४ अंकले बढ्यो।

आजको कारोबार ६८,६३५ पटक हुँदै ४ अर्ब २६ करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भयो, जसमा करिब १.७४ करोड कित्ता कारोबार भएको छ।

केही कम्पनीमा उल्लेखनीय उतारचढाव देखियो—फर्वार्ड माइक्रोफाइनान्स १५% ले बढेर सर्किट लाग्दा, कर्पोरेट विकास बैंक र माइ खोला हाइड्रोपावर लगायतका कम्पनीहरूमा गिरावट आयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *