Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > हुरीबताससहितको वर्षा प्रणाली पूर्वतिर सर्दै, उपत्यकामा मेघगर्जनसहित वर्षा

हुरीबताससहितको वर्षा प्रणाली पूर्वतिर सर्दै, उपत्यकामा मेघगर्जनसहित वर्षा

काठमाडौं — जल तथा मौसम विज्ञान विभागले हुरीबतास, चट्याङ र भारी वर्षा गराउने मौसम प्रणाली पूर्वतिर सर्दै बागमती र मधेश प्रदेशसम्म फैलिएको जनाएको छ। अहिले कर्णाली र लुम्बिनीका केही स्थानमा हुरीबताससहित वर्षा भइरहेको छ भने काठमाडौं उपत्यकामा पनि मेघगर्जनसहित पानी परेको छ।

मौसमविद्का अनुसार सुदूरपश्चिमबाट सुरु भएको प्रणाली करिब ४० किमि प्रतिघण्टासम्मको हुरीबताससहित अघि बढिरहेको छ र केही घण्टासम्म असर गर्न सक्छ। पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको संयुक्त प्रभावले देशभर मौसम अस्थिर बनेको हो।

विभागले साताभर नै वर्षा हुने सम्भावना रहेकाले हुरीबतास, चट्याङ र भारी वर्षाबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सतर्क रहन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *