काठमाडौँ: नेपाल राष्ट्रिय क्रिकेट टोली ले ओमान राष्ट्रिय क्रिकेट टोली विरुद्धको लिग–२ को खेलमा टस जित्दै पहिले ब्याटिङ रोजेको छ। कप्तान रोहित पौडेल को नेतृत्वमा नेपाल मैदान उत्रिएको हो।
प्लेइङ–११ मा दुई परिवर्तन गर्दै आसिफ शेख र करण केसी लाई समावेश गरिएको छ भने सोमपाल कामी र भीम सार्की बाहिरिएका छन्।
यूएईविरुद्ध दुवै खेल जितेको नेपाल आज ओमानसँगको हारको बदला लिँदै सिरिजमा ६ अंक जोड्ने लक्ष्यमा छ। हाल अंकतालिकामा ओमान तेस्रो र नेपाल सातौँ स्थानमा रहेको छ।


