काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना प्रतिनिधिसभा सांसदहरूका लागि दुईदिने प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ।
पार्टीको प्रशिक्षण विभागका अनुसार वैशाख २६ र २७ गते काठमाडौंमा संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म प्रशिक्षण सञ्चालन हुनेछ।
सांसदहरूलाई संसदीय कामकाज, नीति निर्माण र अन्य विविध विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम तय गरिएको हो। पार्टीले सबै सांसदको अनिवार्य सहभागिता रहने जनाएको छ।


