Friday, June 05, 2026
Home > विराटनगर समाचार > खोला किनारका सुकुम्वासी अब ‘नमुना बस्ती’का घरधनी

खोला किनारका सुकुम्वासी अब ‘नमुना बस्ती’का घरधनी

विराटनगर — विराटनगर–१२ मनलवामा वर्षौंदेखि खोलाछेउ बस्दै आएका ऋषिदेव समुदायका १४५ सुकुम्वासी परिवार आफ्नै घरका मालिक बनेका छन्। बाढी र जोखिममा बाँच्दै आएका उनीहरू अब सुरक्षित नमुना बस्तीमा बसोबास गरिरहेका छन्।

८५ परिवार नयाँ घरमा सरिसकेका छन् भने बाँकी ६० परिवारका घर निर्माण अन्तिम चरणमा पुगेको छ।

सरकार, निजी संस्था र समुदायको सहकार्यमा बनेको यो बस्तीमा प्रत्येक परिवारले १० धुर जग्गा खरिद गरेका छन्। जीवन विकास लघुवित्त, ह्याबिट्याट नेपाल, सहारा नेपाल र विराटनगर महानगरपालिकाको सहयोगमा एकै प्रकारका घर निर्माण गरिएको हो।

प्रति घर करिब ६ लाख ५० हजार रुपैयाँ लागतमा शौचालय, स्नानगृह, खानेपानी, बिजुली, खेलमैदान र सामुदायिक भवनजस्ता सुविधा समावेश गरिएको छ।

महानगरले यस मोडेललाई अन्य वडामा पनि विस्तार गर्दै १६० भन्दा बढी सुकुम्वासी परिवारका लागि यस्तै बस्ती निर्माण गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *