काठमाडौं — संयुक्त अरब इमिरेट्स (यूएई)माथि भएको क्षेप्यास्त्र र ड्रोन आक्रमणपछि इरानविरुद्ध विश्वभरबाट कडा प्रतिक्रिया आएको छ। यूएईले १५ क्षेप्यास्त्र र ४ ड्रोन बीचमै रोकेको दाबी गर्दै घटनालाई ‘धोकापूर्ण आक्रमण’ भनेको छ।
आक्रमणका कारण फुजैराह क्षेत्रमा आगलागी हुँदा तीन भारतीय नागरिक घाइते भएका छन्। इरानले भने सबै आरोप अस्वीकार गरेको छ।
साउदी अरब, कतार, कुवेत, बहराइन, जोर्डनसहित विभिन्न देशहरूले घटनाको निन्दा गर्दै यूएईको समर्थन गरेका छन्। युरोपेली संघ, फ्रान्स, जर्मनी, बेलायत र क्यानडाले पनि इरानलाई वार्तामा फर्कन र तनाव कम गर्न आग्रह गरेका छन्।
घटनापछि खाडी क्षेत्रमा पुनः तनाव चुलिएको छ।


