Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > हुनानमा पटाका कारखाना विस्फोट, २१ जनाको मृत्यु

हुनानमा पटाका कारखाना विस्फोट, २१ जनाको मृत्यु

काठमाडौं — चीनको हुनान प्रान्तस्थित पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा २१ जनाको ज्यान गएको छ भने ६१ जना घाइते भएका छन्।

सोमबार दिउँसो चाङ्शा सहरमा भएको विस्फोटपछि ठूलो मात्रामा उद्धार अभियान सञ्चालन गरिएको छ। करिब ५०० उद्धारकर्मी र रोबोट प्रयोग गरेर खोज तथा उद्धार कार्य भइरहेको छ।

चिनियाँ राष्ट्रपति सी चिनफिङले घटनाको छानबिन गर्न निर्देशन दिँदै औद्योगिक क्षेत्रमा सुरक्षा कडाइ गर्न आग्रह गरेका छन्।

विस्फोटको कारणबारे अनुसन्धान जारी रहेको अधिकारीहरूले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *