Friday, June 05, 2026
Home > मनोरञ्जन समाचार > ‘लालीबजार’ फिल्म विवाद: मुद्दा भोलिका लागि सारियो

‘लालीबजार’ फिल्म विवाद: मुद्दा भोलिका लागि सारियो

काठमाडौं — चलचित्र ‘लालीबजार’ सम्बन्धी विवादको मुद्दा उच्च अदालत पाटनले भोलिका लागि सारिएको छ।

न्यायाधीशद्वयको संयुक्त इजलासमा आज सुनुवाइ भए पनि निर्णय हुन सकेन। अदालतले सेन्सर बोर्डमार्फत फिल्मको सेन्सर कपी पेश गर्न आदेश दिएको छ।

यसअघि १५ वैशाखमा अदालतले फिल्मको प्रदर्शन तत्काल रोक्न आदेश दिएको थियो। केही दृश्य र संवाद आपत्तिजनक भएको भन्दै रोशनी नेपालीले रिट दायर गरेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *