काठमाडौं — प्रधानमन्त्री वालेन्द्र शाह ले आज मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक दिउँसो ३ बजे सिंहदरबारमा बस्नेछ।
बैठकमा आगामी संसद् अधिवेशन आह्वान गर्ने विषयमा मुख्य निर्णय हुने अपेक्षा गरिएको छ। स्रोतका अनुसार तीन दिनभित्र अधिवेशन बोलाउने तयारी भइरहेको छ।
सभामुखले बजेट प्रक्रियाका लागि ढिला नगरी संसद् सुरु गर्नुपर्ने बताइरहेका छन्। संसद् अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिबाट आह्वान हुने व्यवस्था छ।


