Friday, June 05, 2026
Home > खेलकुद समाचार > काभा महिला भलिबल : नेपाल पोल ‘ए’ मा, भारतसँग उद्घाटन खेल

काभा महिला भलिबल : नेपाल पोल ‘ए’ मा, भारतसँग उद्घाटन खेल

काठमाडौं — आगामी जेठ ८ गतेदेखि सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपमा नेपाल पोल ‘ए’मा परेको छ।

नेपालले समूह चरणमा भारत, कीर्गिस्तान र माल्दिभ्ससँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको पोल ‘बी’मा इरान, काजाकस्तान, श्रीलंका र बंगलादेश रहेका छन्।

नेपालले पहिलो खेल भारतसँग जेठ ८ गते त्रिपुरेश्वरस्थित कभर्ड हलमा खेल्नेछ। प्रतियोगिता लिग कम नकआउट प्रणालीमा सञ्चालन हुनेछ र शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *