Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जोखिमयुक्त सडकमा सवारी रोक्न प्राधिकरणको कडा निर्देशन

जोखिमयुक्त सडकमा सवारी रोक्न प्राधिकरणको कडा निर्देशन

काठमाडौं — राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जोखिमयुक्त सडकमा सवारी आवागमन रोक्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ।

प्राधिकरणले बन्द गरिएको सडकमा प्रवेश गर्ने चालक र सवारीधनीमाथि कारबाही गर्न पनि आग्रह गरेको छ।

काभ्रेको रोशी खोलामा पानीको सतह बढ्दा केही सवारी फसेपछि ८९ यात्रुको सकुशल उद्धार गरिएको घटनापछि यस्तो निर्देशन जारी गरिएको हो।

मौसम पूर्वानुमान र चेतावनीको पालना गर्न समेत सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *