काठमाडौं – आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपालले ओमानलाई ८१ रनले हराएको छ। २५६ रनको लक्ष्य पछ्याएको ओमान १७५ रनमै अलआउट भयो।
नेपालका गुलशन झाले पाँच विकेट लिए भने आसिफ शेखले ९४ रनको उत्कृष्ट पारी खेले। आरिफ शेखले अन्तिम ओभरमा तीन छक्का प्रहार गर्दै टोलीलाई बलियो स्कोरसम्म पुर्याए।


