Friday, June 05, 2026
Home > अन्तराष्ट्रिय समाचार > इरानको सपिङ सेन्टरमा भीषण आगलागी, ८ जनाको मृत्यु

इरानको सपिङ सेन्टरमा भीषण आगलागी, ८ जनाको मृत्यु

एजेन्सी — इरानको तेहरान नजिकै अन्डिशे सहरस्थित अर्गावन कमर्शल कम्प्लेक्समा भएको भीषण आगलागीमा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने ३६ भन्दा बढी घाइते भएका छन्।

स्थानीय समयअनुसार मंगलबार साँझ करिब ४:४० बजे सुरु भएको आगो केही मिनेटमै भवनभर फैलिएको थियो। २५० भन्दा बढी व्यापारिक इकाइ रहेको उक्त भवनमा उद्धार कार्य जटिल बनेको बताइएको छ।

दमकल तथा उद्धार टोलीले लामो प्रयासपछि आगो नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानमा भवनमा प्रयोग गरिएको ज्वलनशील सामग्री र सुरक्षा कमजोरी आगलागी तीव्र हुनुको कारण हुन सक्ने आशंका गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *