Friday, June 05, 2026
Home > स्थानीय समाचार > खोटाङमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रशासनको अभियान तीव्र

खोटाङमा सार्वजनिक जग्गा अतिक्रमण हटाउन प्रशासनको अभियान तीव्र

खोटाङ — जिल्ला प्रशासन कार्यालय खोटाङले सरकारी तथा सार्वजनिक जग्गाको अतिक्रमण हटाउन कडाइका साथ प्रक्रिया अघि बढाएको छ।

जिल्ला प्रशासन कार्यालय खोटाङ ले जिल्लाका सबै १० स्थानीय तहलाई तीन दिनभित्र अतिक्रमित जग्गाको अद्यावधिक विवरण बुझाउन निर्देशन दिएको छ। साथै खाली गराउने योजना पनि पेस गर्न भनिएको छ।

गृह मन्त्रालयको निर्देशनअनुसार सुरु गरिएको अभियानमा प्रारम्भिक तथ्यांकले हलेसी तुवाचुङ नगरपालिका र बराहपोखरी क्षेत्रमा बढी अतिक्रमण देखाएको छ। प्रशासनले सरकारी जग्गा फिर्ता ल्याउन लगत संकलनपछि संरचना हटाउने प्रक्रिया अघि बढाउने जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *