काठमाडौं — डोनाल्ड ट्रम्पले आफू अझै ८–९ वर्ष राष्ट्रपति रहन चाहेको बताएका छन्। ह्वाइट हाउस कार्यक्रममा उनले यो कुरा गरेपछि धेरैले ठट्टा ठाने पनि उनले आफू गम्भीर रहेको बताएका थिए।
अमेरिकी संविधानअनुसार दुई कार्यकालभन्दा बढी राष्ट्रपति बन्न पाइँदैन (२२औँ संशोधन)। तेस्रो कार्यकालका लागि संविधान संशोधन गर्नुपर्ने भए पनि त्यसका लागि आवश्यक दुईतिहाइ समर्थन र ३८ राज्यको अनुमोदन जुटाउन कठिन देखिन्छ।
विश्लेषकहरूका अनुसार कानुनी बाटो नखुले ट्रम्पले वैकल्पिक रणनीति (जस्तै उपराष्ट्रपति भएर प्रभाव कायम राख्ने) खोज्न सक्ने चर्चा छ।


