बिहारका नवनियुक्त मुख्यमन्त्री सम्राट चौधरीले बुधबार शपथ ग्रहण गरे। उनी भारतीय जनता पार्टी (भा.ज.पा.) का तर्फबाट बिहारका पहिलो मुख्यमन्त्री बनेका छन्। शपथ ग्रहण समारोहमा पूर्वमुख्यमन्त्री नितिश कुमार पनि उपस्थित थिए।
नितिश कुमारले मंगलवार राजीनामा दिएपछि सम्राट चौधरी मुख्यमन्त्री बने। यससँगै, नितिश कुमारको २१ वर्ष लामो मुख्यमन्त्री युगको अन्त्य भएको छ। उपमुख्यमन्त्रीका रूपमा विजय कुमार चौधरी र बिजेन्द्र प्रसाद यादवको नाम पनि प्रस्ताव गरिएको छ।


