वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले पदबाट राजीनामा दिएका छन्। अघिल्लो सरकारले गरेका नियुक्ति खारेज गर्ने अध्यादेश जारी भएपछि उनले राजीनामा दिएका हुन्।
शर्माले स्वास्थ्य मन्त्रालयमा राजीनामा बुझाउँदै अन्य पदाधिकारीले पनि पद छाडेकाले आफूले पनि राजीनामा दिएको बताएका छन्। “मेरो कार्यकाल धेरै बाँकी छैन, नयाँ सरकारलाई सहज होस् भनेर राजीनामा दिएँ,” उनले भने।
२०८१ फागुनमा निर्देशक नियुक्त भएका उनीसँगै राजीनामा पछि वीर अस्पताल अहिले पदाधिकारीविहीन बनेको छ। अध्यादेशपछि चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका अन्य उच्च पदाधिकारी पनि हटाइएका छन्।


