नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई विगतका सरकारका असफलताबाट पाठ सिकेर अघि बढ्न चेतावनी दिएका छन्।
काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले शक्तिशाली प्रधानमन्त्री भए पनि गल्ती गर्ने छुट नहुने भन्दै यदि कमजोरी दोहोरिए केपी शर्मा ओलीले जस्तै राजनीतिक संकट भोग्नुपर्ने अवस्था आउन सक्ने बताए।
भुसालले नेतृत्वले इतिहासबाट नसीक्दा अन्ततः नागरिकले ठूलो मूल्य चुकाउनुपर्ने भन्दै सरकारलाई जिम्मेवार भएर अघि बढ्न सुझाव दिएका छन्।


