Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन : प्रचण्ड

विद्यार्थी र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य छैन : प्रचण्ड

काठमाडौं — पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यार्थी संगठन र ट्रेड युनियनमाथिको प्रतिबन्ध स्वीकार्य नहुने बताएका छन्। संसद्मा सम्बोधन गर्दै उनले सरकारका कदम पञ्चायती शैलीतर्फ उन्मुख भएको टिप्पणी गरे।

प्रचण्डले विद्यार्थी संगठनमाथिको प्रतिबन्ध राजनीतिक इतिहासमाथिको अपमान भएको उल्लेख गर्दै सुधार आवश्यक भए पनि आवाज थुन्न नहुने बताए। उनले ट्रेड युनियनमाथिको प्रतिबन्ध अन्तर्राष्ट्रिय अभ्यास र नेपालले अनुमोदन गरेका सन्धिविपरीत भएको दाबी गरे।

प्रतिबन्ध कायम रहे गम्भीर परिस्थिति आउन सक्ने चेतावनी दिँदै उनले लोकतन्त्रलाई बलियो बनाउन नागरिकको आवाज सुरक्षित हुनुपर्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *