Friday, June 05, 2026
Home > मुख्य समाचार > सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु, उपस्थितिमा डिजिटल हाजिरी लागू हुने

सांसदहरूको बायोमेट्रिक विवरण संकलन सुरु, उपस्थितिमा डिजिटल हाजिरी लागू हुने

संघीय संसद्का सांसदहरूको बायोमेट्रिक विवरण संकलन कार्य सुरु गरिएको छ। प्रतिनिधिसभा र राष्ट्रियसभामा बैठक उपस्थितिको हाजिरी अब विद्युतीय माध्यमबाट अभिलेखन गर्ने उद्देश्यले यो प्रक्रिया अघि बढाइएको हो।

संसद सचिवालयका अनुसार विभिन्न विषयगत समितिका सांसदहरूको विवरण संकलन क्रमशः भइरहेको छ। आगामी दिनमा बाँकी समितिका सदस्यहरूको पनि बायोमेट्रिक विवरण संकलन गरिनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *