संवैधानिक परिषद्को बैठक आज साँझ ५ बजे बस्ने भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक आह्वान गरेका हुन्।बैठकको मुख्य एजेन्डा सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिस रहनेछ। हाल कायममुकायम प्रधानन्यायाधीशले जिम्मेवारी सम्हाल्दै आएका छन्।


