झापाको बिर्तामोड–अर्जुनधारास्थित ५१ बिघा बसपार्क जग्गा विवादमा स्थानीयबासीले प्रतिनिधि सभा सदस्य इन्दिरा राना मगरलाई घेराबन्दी गर्दै प्रश्न उठाएका छन्। सर्वोच्च अदालतको आदेशले जग्गा कारोबार रोकिएपछि स्थानीय आक्रोशित बनेका हुन्।
राना मगरले मुद्दा अदालतमा रहेको भन्दै तत्काल समाधान सम्भव नभएको र सरकारसँग समन्वय गर्ने बताएकी छन्। स्थानीयले भने चुनावी वाचा पूरा नभएको भन्दै असन्तुष्टि जनाएका छन्।


