काठमाडौं — संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्ने भएको छ। प्रतिनिधिसभा दिउँसो १ बजे बहुउद्देश्यीय हलमा बैठक बस्नेछ, जहाँ प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सातौं वार्षिक प्रतिवेदन प्रस्तुत गर्नेछन् र अर्थमन्त्री स्वर्णिम वाग्ले ले वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रस्ताव गर्नेछन्।
राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्नेछ, जहाँ पनि प्रधानमन्त्री शाहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम छ।


