Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > वर्षा र पहिरोले कोशीसहितका राजमार्ग अवरुद्ध

वर्षा र पहिरोले कोशीसहितका राजमार्ग अवरुद्ध

कोशी प्रदेशमा लगातारको वर्षा र पहिरोका कारण प्रमुख राजमार्गहरू प्रभावित भएका छन्। उदयपुर, भोजपुर र संखुवासभाका सडकहरू कतै पूर्ण रूपमा बन्द र कतै एकतर्फी सञ्चालनमा रहेका छन्।

सिद्धिचरण लोकमार्ग उदयपुरको दलदलेमा बाढीका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, भोजपुरको बोखिम र संखुवासभाको कोशी राजमार्गमा पहिरोले आवागमन आंशिक रूपमा मात्र खुला रहेको प्रहरीले जनाएको छ।

बाढी–पहिरोको जोखिम बढिरहेकाले सुरक्षाका कारण केही अन्य राजमार्गहरूमा समेत यातायात रोकिएको छ भने सडक खुलाउने प्रयास जारी रहेको छ। प्रहरीले यात्रा गर्दा सावधानी अपनाउन आग्रह गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *