भारतका पश्चिम बंगाल र तमिलनाडुमा नयाँ मुख्यमन्त्री चयन भएका छन्।
पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले ठूलो बहुमतसहित सरकार गठन गरेको र शुभेन्दु अधिकारीलाई मुख्यमन्त्री बनाइएको छ। उनले ममता बनर्जीलाई पराजित गरेका हुन्।
यस्तै, तमिलनाडुमा अभिनेता विजय थलापति नेतृत्वको दलले अन्य दलको समर्थनमा सरकार गठन गरी उनी मुख्यमन्त्री बनेको दाबी गरिएको छ। बहुमत नपुगे पनि गठबन्धनको समर्थनमा सरकार बनेको बताइएको छ।


