Friday, June 05, 2026
Home > राष्ट्रिय समाचार > जघन्य अपराधमा कडा सजायका लागि कानुन संशोधन तयारी

जघन्य अपराधमा कडा सजायका लागि कानुन संशोधन तयारी

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले बलात्कार, यौन हिंसा र बालबालिकासम्बन्धी जघन्य अपराधमा कडा सजाय सुनिश्चित गर्न कानुन संशोधनको तयारी भइरहेको बताएकी छन्।

सरकारले कानुनी कमजोरी र छिद्र पहिचान गर्न बनेको कार्यदलको प्रतिवेदनका आधारमा आगामी संसद् अधिवेशनमा संशोधन विधेयक ल्याउने जनाएको छ। दोषी उम्कन नपाउने व्यवस्था गर्न आवश्यक गृहकार्य भइरहेको मन्त्री गौतमको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *