काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज साँझ ६ बजे सचिवालय बैठक बोलाएको छ। पार्टी सभापति रवि लामिछानेको आह्वानमा बस्ने बैठकमा सचिवालय सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।
प्रवक्ता मनीष झाले दिएको जानकारीअनुसार बैठकमा भेला तथा अधिवेशनको विशेष कार्यतालिका, आयोग तथा विभागका पदाधिकारी मनोनयन, जिल्ला समिति विघटन, अनुशासनात्मक कारबाही, केन्द्रीय समिति बैठक तथा अन्य समसामयिक विषयमा छलफल हुनेछ।


